PRESS RELEASE


Nepalese Public Relation Committee
West Coast/ California Chapter

    हालका दिनहरुमा नेपालमा विकसित घटनाक्रमहरुको बारेमा यस नेपाली जनसर्म्पर्क समिति, क्यालिफोर्नियाको ध्यानाकर्षा भएको छ ।
    यस समिति नेपाली सेनाका प्रधानसेनापति महारथी श्री रुक्माङ्गद कटुवाललाई बर्खास्त गर्ने माओवादी सरकारको एकल निर्ण्र्ााो घोर निन्दा र भत्र्सना गर्दछ । नागरिक सर्वोच्चताको कुरा गर्ने माओवादीहरुलाई विगतमा भएका हत्या, हिंसा, आतङ्क, लुट र आतङ्ककारी क्रियाकलाप अनि १३ हजारभन्दा बढी संख्यामा उनीहरुबाट भएको व्यक्तिहत्याको भयानक तस्वीर स्मरण गराउन चाहन्छौँ ।
    यो घटना विगतका व्यक्ति हत्याराहरु र आतङ्ककारीहरुलाई राजनैतिक खोलले छोपेर राष्ट्रिय एकताको प्रतीक नेपाली सेनाभित्र प्रवेश गर्राई भयानक सैनिक व्रि्रोह गराउने माओवादीको कुटिल षडयन्त्र हो भन्ने हाम्रो ठहर छ । यस्ता षडयन्त्र र राष्ट्रघाती कदमको जति निन्दा गरे पनि कम हुन्छ ।
    नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा. रामवरण यादवबाट भएको प्रधान सेनापति कटुवालको पर्ुनर्बहालीको कदमको हार्दिक सराहना गर्दै नेपाली सेनाभित्र गर्न खोजिएको आतङ्ककारीहरुको षड्यन्त्रबाट नेपाल राष्ट्र र नेपाली सेनालाई जोगाउने कदमको स्वागत र हार्दिक सराहना गर्दछौँ ।
    जय नेपाल ।
 
  विनोद भट्ट                                           रविन्द्र पाण् डे
    अध्यक्ष                                              महासचिव


नेपाली जनसर्म्पर्क समिति, क्यालिफोर्निया

नेपाली जनसर्म्पर्क समिति, क्यालिफोर्निया- प्रेस विज्ञप्ती